सशस्त्रका आईजीपीले सीमा अपराध रोक्न बनाए ‘बोर्डर इन्टरयाक्सन टिम’
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले नागरिकको आवतजावतलाई सहज बनाउन र सीमा अपराध नियन्त्रण गर्न ‘बोर्डर इन्टरयाक्सन टिम’ को अवधारणा ल्याइएको जानकारी दिएका छन् । उनले सङ्गठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा, विपद् व्यवस्थापन र आर्थिक सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताए ।
