SHARE
पर्दाफास · बिहीबार ११ असार २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

मनसुनजन्य विपद् व्यवस्थापनका लागि एपीएफको विशेष तयारी, २१ हजारभन्दा बढी जनशक्ति परिचालन

मनसुनजन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ अन्तर्गत देशभर आफ्नो उपस्थिति र सक्रियता बढाएको छ । सम्भावित बाढी, पहिरो र डुबान जस्ता जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि सशस्त्र प्रहरीले विशेष रणनीति र जनशक्ति परिचालन गरेको हो ।