SHARE
Kalo Pati · बिहीबार ११ असार २०८३ ०५:४५ AM · 1 मिनेट पढाइ

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटउपर बहस सकिएको छ । पौडेल पत्नी दोमाया पौडेलले दायर गरेको रिटउपर सुनुवाइको लागि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेशी चढेको थियो ।