SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०४:३९ AM · 1 मिनेट पढाइ

कास्कीका स्थानीय तहको बजेट नौ अर्ब ७१ करोड

कास्की । कास्कीका पाँचवटै स्थानीय तहले निर्धारित समय असार १० गतेभित्र वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पोखरा महानगरपालिका र मादी, माछापुच्छ्रे, अन्नपूर्ण र रुपासहित चार गाउँपालिकाले कूल रु नौ अर्ब ७१ करोड ७२ लाख २१ हजारको बजेट सार्वजनिक गरेका हुन् ।