घट्यो सुनको मूल्य, प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँ
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले घटेको हो । आज घटेको सुन प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
