SHARE
पर्दाफास · बिहीबार ११ असार २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

म्याग्दीमा पहिरोले गाडी पुरिँदा एक जनाको मृत्यु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडक खण्डमा पहिरो खस्दा इभि गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्ने २३ वर्षीय सोहेल मिया रहेका छन् ।