SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०४:१४ AM · 1 मिनेट पढाइ

जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्लामा रहेका एक नगरपालिकासहित सात गाउँपालिकाले बुधबार एकैसाथ बजेट सर्वजनिक गरेका हुन् । यहाँको चन्दनाथ नगरपालिकाले रु ५९ करोड ४६ लाख ७१ हजार बजेट सार्वजनिक गरेको छ ।