दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा
काठमाडौं । दक्षिण अफ्रिकाले पहिलो पटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान बनाएको छ । समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएको हो । खेलको ६३औँ मिनेटमा थापेलो मासेकोले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।
