SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०२:५६ AM · 1 मिनेट पढाइ

फिफाले गर्याे एन्फालाई निलम्बन

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि प्रतिबन्ध लगाएको छ । बिहीबार बिहान फिफाले अर्काे सूचना नआएसम्मका लागि एन्फामाथि अनिश्चितकालीन निलम्बन गरेको हो । फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ बमोजिम नेपाललाई निलम्बन गरेको जनाएको छ । नेपाली फुटबल इतिहासमा फिफाबाट नेपाल प्रतिबन्धित भएको यो पहिलो घटना हो ।