SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ०२:१८ AM · 1 मिनेट पढाइ

रास्वपाको अर्थ–राजनीतिक प्रस्तावप्रति प्रतिनिधिको असन्तुष्टि, भने– ‘पर्याप्त छलफल भएन’

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा जारी प्रथम महाधिवेशनमा उपसभापति डा.स्वर्णिम वाग्लेले प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रस्तावप्रति प्रतिनिधिहरुले गम्भीर असन्तुष्टि जनाएका छन् । प्रस्तावमाथि पर्याप्त छलफल नगरिएको तथा प्रतिनिधिहरूलाई आफ्ना धारणा राख्ने अवसर नदिइएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । महाधिवेशन प्रतिनिधि जनकराज जोशीले बन्दसत्रमा प्रस्तुत गरिएको अर्थ–राजनीतिक दस्तावेजमाथि पर्याप्त बहस नभएको बताए ।