SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ०२:३९ AM · 1 मिनेट पढाइ

नेपाली फुटबललाई ठूलो झट्का, फिफाले गर्‍यो एन्फा निलम्बन

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फामाथि निलम्बनको निर्णय गरेको हो । फिफाले एन्फाको व्यवस्थापन तथा सञ्चालनमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै यो कदम चालिएको जनाएको छ ।