SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ०२:४९ AM · 1 मिनेट पढाइ

जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प

काठमाडौं । जुम्लामा बिहीबार बिहान ४.१ म्याग्नेच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ५ बजेर ३६ मिनेट जाँदा जुम्लाको तम्ती आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।