७.५ म्याग्निच्युड भूकम्पले भेनेजुएलामा ठूलो क्षति, आपतकाल घोषणा
काठमाडौं । भेनेजुएलामा ठूलो भूकम्पपछि आपतकाल घोषणा गरिएको छ । आज बिहान काराकास नजिकै केही सेकेन्डको फरकमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएको थियो । यस भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएको अनुमान गरिएको छ। सरकारले हजारौँ मानिसको मृत्यु भएको हुन सक्ने आशंका गर्दै देशमा आपतकाल घोषणा गरेको हो ।
