SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ०१:३२ AM · 1 मिनेट पढाइ

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि मतदान जारी, बिहानसम्म १,४०० जनाले गरे मतदान

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान जारी रहेको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार ९९ पदका लागि गएराति १२ बजेदेखि निरन्तर विद्युतीय मतदान भइरहेको छ । असार ७ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत मतदान आज बिहान १० बजेसम्म सञ्चालन हुने जनाइएको छ ।