SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ०१:४८ AM · 1 मिनेट पढाइ

भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षतिको आशंका

काठमाडौं । भेनेजुएलामा बुधबार राति लगातार दुईवटा शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण राजधानी काराकासका केही भवनहरूमा क्षति पुगेको छ । ठूलो मानवीय क्षति हुन सक्ने आशंका गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो । यो काराकासबाट करिब २८४ किलोमिटर पश्चिममा रहेको सान फेलिपे नजिक गएको थियो।