SHARE
पर्दाफास · बिहीबार ११ असार २०८३ ०१:३९ AM · 1 मिनेट पढाइ

आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन

आज निर्जला एकादशी (तुलसीको दल राख्ने) दिन रहेको छ । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । निर्जला एकादशीलाई अत्यन्तै पुण्यदायी र फलदायी व्रतका रूपमा लिने गरिन्छ । आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानीसमेत त्याग गरी व्रत बस्ने विधान रहेको छ ।