SHARE
पर्दाफास · बिहीबार ११ असार २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत ९९ केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान भइरहेको छ । गएराति साढे १२ बजेबाट सुरु भएको मतदान आज बिहान ११ बजेसम्ममा सकिने रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए ।