SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०१:१५ AM · 1 मिनेट पढाइ

ब्राजिल र मोरक्को नकआउट चरणमा, बाहिरियो हाइटी

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह सी को अन्तिम खेलमा जितेका ब्राजिल र मोरक्कोले नकआउट चरणमा स्थान बनाएका छन् । बिहिबार बिहान सम्पन्न खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० तथा मोरक्कोले हाइटीलाई ४-२ ले हराउँदै अन्तिम ३२ मा स्थान पक्का गरेका हुन् । हाइटी भने लगातार तेस्रो खेल हार्दै बाहिरिएको छ ।