SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

केपिलासगढीमा ‘बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी

खोटाङ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी एलिना राईले २०७६ सालमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गीरन् । कुहुडाँडा माध्यमिक विद्यालय फेदीबाट एसइई उत्तीर्ण गरेको केही समयपछि एलिना सोही ठाउँका दिनेश साम्पाङसँग विवाह बन्धनमा बाँधिइन् । एलिना र दिनेशका दुई सन्तान (छोरा र छोरी) छन् ।