SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०२:०४ PM · 1 मिनेट पढाइ

कक्षा १२ को नतिजा विवाद: भोलि माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौँ । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले भोलि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् । नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिन लागेका हुन् ।