बीवाईडी सम्बन्धी समाचार हटाउने अदालतको आदेशप्रति चार पत्रकार संगठनको आपत्ति
विद्युतीय सवारीसाधन ब्रान्ड बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालि सम्बन्धी समाचार हटाउन तथा पुनः प्रकाशन–प्रसारण नगर्न जिल्ला अदालत काठमाडौंले दिएको अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासंघसहित चार प्रमुख पत्रकार संगठनले गम्भीर आपत्ति जनाएका छन्।
