चिकित्सकको उपाधि दुरुपयोग गर्दै उपचार गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा
काठमाडौंमा चिकित्सकको उपाधि प्रयोग गर्दै नेपाल मेडिकल काउन्सिलमा दर्ता नै नगरी बिरामीको उपचारमा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार नेपाल मेडिकल काउन्सिलबाट प्राप्त उजुरी तथा छानबिन प्रतिवेदनका आधारमा काठमाडौं महानगरपालिका–८ मा सञ्चालित ‘स्पर्क इन्टरनेसनल हेल्थ रिसोर्ट’ मा कार्यरत ४७ वर्षीय चेतन एम. (पौडेल) लाई पक्राउ गरिएको हो।
