रास्वपा महाधिवेशन : निर्वाचन मतपरिणाम राति नै आउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा प्रवक्ता मनिष झाले महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको निर्वाचन प्रक्रिया आज(वुधबार) राति सम्पन्न गरी नतिजा सार्वजनिक गर्ने तयारी रहेको बताएका छन् । बुधबार चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनबारे जानकारी दिँदै उनले प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भइसकेको र दाबी–विरोधका लागि दिइएको समय निर्वाचन आयोगले थप गरेको बताए।
