SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

वैदेशिक यात्राले छुटाएको प्रेमकथा ‘ए साइली’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । गायक तथा सर्जक हिमाल घर्ती मगरको गीत ‘ए साइली’ सार्वजनिक भएको छ । गीत वैदेशिक यात्राले छुटाएको प्रेम, अधुरो बाचा, बिछोड र वर्षौँको प्रतीक्षाको कथामा आधारित छ । गीतको कथा हिमाली भेगमा बस्ने साइला र साइँलीमार्फत प्रस्तुत गरिएको छ । उनीहरू एकअर्कालाई असाध्यै माया गर्थे ।