प्रदेश खारेजीको प्रस्तावपछि झस्किए महाधिवेशन प्रतिनिधि, भन्छन्– ‘हामीलाई स्वीकार्य छैन’
काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा मंगलबार उपसभापति डा. स्वर्णिम वाग्लले प्रश्तुत गर्नुभएको अर्थ–राजनीतिक प्रस्तावप्रति प्रतिनिधिहरुले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उपसभापति वाग्लेले प्रस्तुत गरेको पार्टीको अर्थराजनीतिक प्रस्तावमाथि प्रतिनिधिहरुबिच समूहगत छलफल समेत नगराइएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।
