चेकजाँचमा खटिएका ट्राफिक प्रहरीले चालकसँग हात मिलाउन नपाइने, नमस्कार गर्न निर्देशन
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीलाई ड्युटीका क्रममा सवारी चालक तथा सेवाग्राहीसँग हात नमिलाउने र केवल नमस्कारमार्फत सम्मान व्यक्त गर्न निर्देशन दिएको छ। कार्यालयबाट जारी गरिएको पत्रमा ट्राफिक प्रहरीले चेकजाँच तथा अन्य ड्युटीका क्रममा चालकलगायत सेवाग्राहीसँग हात मिलाएको दृश्य सामाजिक सञ्जाल र आम नागरिकबाट गुनासोका रूपमा प्राप्त भएको उल्लेख गरिएको छ।
