रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४ जनाले उम्मेदवारी दिएको भन्दै प्रारम्भिक सूची प्रकाशन गरेको हो । तीमध्ये ८० जना महिला छन् । कार्यसूची अनुसार अब प्रारम्भिक सूचीमाथि दाबी विरोध र उजुरी माग गरिन्छ ।
