गैरकानुनी रूपमा बस्दै आएका २४ बंगलादेशी नागरिक पक्राउ
नेपालमा विभिन्न समयमा प्रवेश गरी कागजातबिना तथा म्याद सकिएको पर्यटक भिसामा गैरकानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिकलाई प्रहरीले गरेको छ। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौँ महानगरपालिका–१५ स्थित डल्लु, सितापाइलालगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
