रास्वपा महाधिवेशन : बेलुका ८:३० देखि मतदान, ८० वटा विद्युतीय मेसिन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान गरिने भएको छ। चौथो दिन बुधबार हुने मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयारी अवस्थामा राखिएको छ। एक जना प्रतिनिधिलाई आफ्नो मत दिन करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ।
