SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ११:३० AM · 1 मिनेट पढाइ

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडभन्दा बढीको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बुधबार महानगरपालिकाको बजेट प्रस्तुत गर्दै उपमेयर मञ्जली शाक्य बज्राचार्यले आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षकै हाराहारीमा रहेको जानकारी दिइन् ।