SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

काभ्रेपलाञ्चोकमा अशक्त र अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता उपलब्ध गराउन थालेको छ । यस क्रममा जन्मजात पूर्णरूपमा अपाङ्गता भएकी पाँचखाल नगरपालिका–४ की विनिता बोलखेलाई सोमबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ ।