बर्नह्याम सत्ताको सङ्घारमा
एजेन्सी । बेलायतको सत्तारूढ लेबर पार्टीमा नेतृत्व परिवर्तनको प्रक्रिया तीव्र बनेसँगै एन्डी बर्नह्याम नयाँ प्रधानमन्त्री बन्ने दिशामा थप बलियो देखिएका छन् । सम्भावित प्रतिद्वन्द्वी मानिएका क्याबिनेट मन्त्री ड्यारेन जोन्सले नेतृत्व दौडमा सहभागी नहुने स्पष्ट गरेपछि बर्नह्यामको बाटो थप सहज बनेको छ ।
