इरानको दाबी: अमेरिका पराजित
एजेन्सी । मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच भएको सम्झौताले अमेरिकी दबाबको विजय नभई अमेरिकाको पराजयलाई पुष्टि गरेको इरानका प्रमुख वार्ताकार तथा संसद् अध्यक्ष मोहम्मद बाघेर गालिबफले बताएका छन् । उनले उक्त समझदारी इरानी जनताको प्रतिरोध र अधिकारको संरक्षणको परिणाम भएको दाबी गरे ।
