स्रोत नखुलेको ७ लाख नगद, अमेरिकी डलर र सुनचाँदीका टुक्रासहित भारतीय पक्राउ
काठमाडौं । स्रोत नखुलेको ७ लाख भन्दा बढी नेपाली नोट, अमेरिकी डलर र सुनचाँदीका टुक्रासहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सांगली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भइ हाल काठमाडौंको ठहिटी बस्दै आएका ३३ वर्षीय अमित इरगोन्डा घाली रहेका छन् ।
