SHARE
पर्दाफास · बुधबार १० असार २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा निर्वाचन : जित्ने भन्दा हार्ने उम्मेदवारको खर्च बढी

निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको प्रचार खर्चसम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ । प्रतिवेदनले जित्नेले भन्दा हार्ने उम्मेदवारले बढी खर्च गरेको पाइएको जनाएको छ । सो संस्थाले मुलुकभरका १६५ क्षेत्रमध्ये छानिएका १० निर्वाचन क्षेत्रका तीन हजार ४०६ उम्मेदवारमध्ये १४४ नमुना उम्मेदवारको खर्चको विश्लेषण गरेको हो ।