SHARE
मकालु खबर · बुधबार १० असार २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेको छ । कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत पार्टी कार्यालयले आज जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोेकेको जनाएको छ ।