SHARE
मकालु खबर · बुधबार १० असार २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कूल रु तीन अर्ब ५६ करोड ४७ लाख बराबरको आयव्ययको बजेट आज यहाँ सार्वजनिक गरेको छ । नगर सभाको १८ औँ अधिवेशनको कार्यसूचीअनुसार महानगर प्रमुख एवं नगर सभाका अध्यक्ष नागेश कोइरालाले उपप्रमुख शिल्पा निराला कार्कीलाई सो बजेट सार्वजनिक गर्न अनुमति दिएका हुन् ।