रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका चौँथो पटक सारियो, राति साढे ८ बजेबाट मतदान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व चयन प्रक्रिया अझै टुंगिन सकेको छैन । तीन दिनका लागि भन्दै आइतबारबाट सुरु भएको महाधिवेशनको नेतृत्वका लागि चौथो पटक निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । यसअघि मंगलबार नै सबै प्रक्रिया पूरा गरि आज बिहानबाटै मतदान गर्ने तयारी गरिएको थियो ।
