SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका–२२ न्यूरोडबाट स्रोत नखुलेको नगद १६ लाख ५० हजार रूपैयाँ सहित सोही ठाउँस्थित मोबाईल होम नामक ईलेक्ट्रिक पसलका संचालक भारत राजस्थान घर भएका ४४ वर्षीय दिलिप अग्रवाल मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।