SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुयाँल

काठमाडौं । सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुयाँलले हरेक व्यवसाय मानव अधिकारमैत्री तवरले सञ्चालन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले आज आयोजना गरेको ‘व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद’ मा उनले व्यवसाय गर्दा उत्पन्न हुने मानव अधिकार जोखिमप्रति जिम्मेवारी सञ्चालकले लिनुपर्ने बताए ।