कपिलवस्तु र सिराहामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौँ । कपिलवस्तु, शुद्धोधन गाउँपालिका–३ झरूवास्थित सडकमा भे. १ ख ३३५३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–३ असुरैना बस्ने ५० वर्षीया मन्ना केवटको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
