दोहोरो अंकले घट्यो नेप्से, ४ अर्बमा खुम्चियो कारोबार
काठमाडौं । बुधबार शेयर बजार मापक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ० दशमलव ५४ प्रतिशत अर्थात् १४ दशमलव ४५ प्रतिशतले गिरावट आएको हो । नेप्सेमा गिरावट आउँदा बजार बिन्दू २ हजार ६ सय ६० अंकमा रोकिएको छ ।
