गगन थापाको अभिव्यक्तिप्रति नेता शाहीको आपत्ति- ‘पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन’
नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले सभापति गगन थापाले मंगलबार झापामा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् । थापाले क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका थिए । सोही विषयलाई लिएर नेता शाहीले लोकतान्त्रिक पार्टीमा फरक बिचारलाइ निषेध र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको बताएका हुन् ।
