SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत

काठमाडौं । कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकडा बाहिरिएको छ । नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरू देखिएका छन् ।