SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

जबरजस्ती करणी अभियोगमा ३ जना पक्राउ

काठमाडौँ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने कैलाली घोडाघोडी नगरपालिका–१० घर भएका २२ वर्षीय गणेश विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गणेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।