SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको मतदानका लागि अझै तीन घण्टा लाग्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्यका उम्मेदवारको नामावली तयारीसँगै अन्य प्रक्रिया पूरा गर्न तीन घण्टा लाग्ने भएको हो । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन प्रक्रिया सुरु हुन केही समय लाग्ने जानकारी दिए ।