रास्वपाको नयाँ रोडम्याप– ‘रहने छैन प्रदेश, गैरदलीय स्थानीय तहदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म’
काठमाडौं । पहिलोपटक महाधिवेशन गरिरहेको रास्वपाले आफ्नो सिद्धान्त र आगामी रणनीतिबारे थप प्रष्ट पारेको छ । गत निर्वाचनमा झण्डै दुई तिहाई शक्ति ल्याइ सरकार सञ्चालन गरिरहेको रास्वपाले महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनहरु मार्फत् आफ्नो एजेण्डा र सिद्धान्तबारे प्रष्ट पारेको हो । यसअघि संवैधानिक समाजवादलाई मुल सिद्धान्त बनाएको रास्वपाले अहिले आफ्नो सिद्धान्त समेत नयाँ बनाएको छ ।
