एनओसी अवार्डको उत्कृष्ट वर्ष खेलाडी बने करातेकी एरिका र उसुका विजय
करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली एनओसी अवार्ड २०८२ को उत्कृष्ट वर्ष खेलाडी अवार्डबाट सम्मानित भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आयोजना गरेको चौथो संस्करणको एनओसी अवार्ड २०८२ बाट पुरुषमा विजय र महिलामा एरिका वर्ष उत्कृष्ट खेलाडी भएका हुन् ।
