SHARE
पर्दाफास · बुधबार १० असार २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

रास्वपा प्रतिनिधिलाई वितरण गरिएको झोलामा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको चौथो दिन प्रतिनिधिहरूलाई सामग्रीसहितको झोला वितरण गरिएको छ । महाधिवेशनअन्तर्गत आज केन्द्रीय सदस्यका लागि मतदान हुँदै छ । मतदानको दिनमा आएर प्रतिनिधिलाई झोला वितरण गरिएको हो । झोलाभित्र रास्वपाको क्याप, पेन, कपी तथा परिचयपत्रलगायतका सामग्री छन् ।