राजधानीका टोलटोलमा फिल्म महोत्सव
काठमाडौं । काठमाडौँमा यतिबेला ‘टोलटोलमा फिल्म’ महोत्सव सुरु भएको छ । असार ५ गतेदेखि सुरु भएको महोत्सव २६ गतेसम्म जारी रहनेछ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ फिल्म फेस्टिभल (केएफएफ) अन्तर्गत उक्त महोत्सव सुरु गरेको हो । खुलामञ्च, असन, सुन्धारा परिसर, बागबजार, मैतीदेवी मन्दिर, खुला चौर, बालाजु बाइपास, लगनटोल र कीर्तिपुर महाविहारमा महोत्सव सुरु भएको छ ।
